काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले वाइवान गेट वान अफरसँगै मार्च १० मा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास निशुल्क पाउने भएका छन् ।
मोबाइल हबले मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने ग्राहकलाई मोबाइल एक्सचेञ्ज गर्नेहरुलाई पनि सलमान खान सहितका कलाकारको कार्यक्रमको पास सित्तैंमा उपलब्ध गराउने भएको हो ।
मोबाइल मेलामा ग्राहकको चहलपहल अधिक भए पछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाण्डौंको टुडिखेलमा हुन गईरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैंमा बितरण गर्न थालेको हो ।
मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइने छ ।
पुरानो मोबाइल साट्न समेत सकिने बताउँदै उनले दोहोरा अफरमा सलमान खानको कार्यक्रमको पास पनि पाउने बताए । उनका अनुसार के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन् ।
एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइल हबले मोबाइल मेला सञ्चालन गरिरहेको छ ।
चाबहिल चुच्चेपाटीस्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबमा खेल खेलेर मोबाइल जित्नेदेखि मोबाइल किनेर अर्को एउटा मोबाइल सित्तैंमा पाइने अफरका कारण ग्राहको भीड बढेको छ । यसका साथै हबले अहिलेसम्मकै सस्तो मूल्यमा पनि मोबाइल फोनहरु उपलब्ध गराईरहेको छ ।
SHARE YOUR THOUGHTS