एनसीसी बैंकको बिरौटामा शाखा स्थापना « Eglish Khabarhub

एनसीसी बैंकको बिरौटामा शाखा स्थापना



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले कास्की जिल्लाको बिरौटामा शाख संचालनमा ल्याएको छ । बैंकको पोखरा लेखनाथ महानगरपालिका, वडा नं. १७, बिरौटामा संचालित शाखा कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले गरेका छन् ।

प्रमुख जिसीले विधि विधानलाई आत्मसाथ गरी बैंक सफल हुने हुँदा एनसीसी बैंकले पनि सोही कुरा अवलम्बन गरी अगाडी बढ्न शुभकामाना व्यक्त गरे ।

सो कार्यक्रममा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओमप्रसाद गौचन समेत शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय प्रमुख पोमनाथ गौतमले आफ्ना सान्दर्भिक विचारहरु राख्दै यस शाखाले उत्तरोत्तर प्रगति गरोस भन्ने कामना गरे ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले कृषि र पर्यटन उद्योगमा हुने लगानीलाई जोड दिने, गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका साथै आगन्तुक सम्पूर्ण अतिथीहरुलाई स्वागत गरेका थिए ।

Publish on: