काठमाडौं । वाईवाई ग्लोकल टिन हिरो लागि आबेदन २०७५ बैशाख २२ गते खुल्ने भएको छ । सिजी फुड्स र ग्लोकल प्रालीबीच काठमाडौंमा सम्पन्न सम्झौतामा वाईवाई ग्लोकन टिन हिरोको लागि बैशाख २२ गते आवेदन खुल्ने जानकारी गराइएको हो ।
वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको कार्यक्रम हो । किशोर÷किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्न टिन हिरोर आयोजना गर्न लागिएको हो ।
यस मन्च मार्फत किशोर( किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर÷किशोरीलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।
‘हामी किशोर÷ किशोरीहको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं, हामी यो अवसरमा सामान्य जनतालाई यो अवगत गराउन चाहन्छौं कि यो हामी हाम्रो तरफबाट समाज कल्याणका लागि र किशोर÷ किशोरीको समर्थनको लागि गर्दै छौँ,’ । सिजी फुड्सका सीइओ जीपी शाहले भने ।
SHARE YOUR THOUGHTS