काठमाडौं । सफ्टवेयर क्षेत्रको विकास गर्ने उदेश्यका साथ क्यान महासंघले सफ्टटेक समिट २०१७ आयोजना गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा सफ्वेयरको विकासमा देखिएका बाधा व्यवधान हटाउनुपर्ने सरोकारबालाहरुले बताए ।
नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले सफ्टवेयर विकासलाई काठमाडौंमा मात्र सिमित नगरि जिल्ला जिल्लामा लानका लागि आग्रह गरे । ‘सबै सफ्टवेयर विकास काठमाडौंमा मात्रै हुने गरेकोछ, लोकलाइज हुन सकेको छैन्,’ उनले भने, ‘रिजल्ट देखाउनुस बजेट अटोमेटिक आउँछ ।’ मुख्य सचिव सुवेदीले सफ्टवेयर व्यवसायको ‘कोड अफ कन्डक्ट’ बनाउनुपर्ने आवश्यकता समेत औंल्याए । उनले विभिन्न विद्यालयलाई प्रविधि मैत्री बनाउन १ अर्ब रुपैंयाको बजेटमा संचार मन्त्रालयमा गृहकार्य भईरहेको जानकारी पनि दिए ।
कार्यक्रममा बोल्दै विज्ञान तथा प्रविधि सचिव सर्वजित प्रसाद महताले विज्ञान र प्रविधिको विकास नभएको देश विकसित नहुने भन्दै विज्ञान र कम्प्यूटरलाई जोड्नुपर्ने बताए ।
कार्यक्रममा क्यान महासंघका अध्यक्ष ईन्जिनियर बिनोद ढकालले सफ्टवेयर कम्पनीहरु अझै परिस्कृत हुन नसकेको गुनासो गरे ।
क्यानले आयोजना गरेको सफ्टटेक समित २०१७ लाई योमरीले प्रायोजन गरेको छ, जहाँ ७ वटा सफ्टवेयर कम्पनीका साथै ३ वटा स्टार्टअप पनि सहभागी रहेका छन् ।
समिटकै अवसरमा नेपालमा सफ्टवेयर क्षेत्रको वर्तमान अवस्था र भविष्यका वारेमा वृहत छलफल कार्यक्रम पनि भएको थियाे ।
SHARE YOUR THOUGHTS