एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया मनोनित « Eglish Khabarhub

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया मनोनित




काठमडौं । एनआईसी एशिया बैंकले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ।

नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको हो ।

जाजरकोटको खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि यहि मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेको बताइएको छ।

बैंकले १९२ शाखा कार्यालय, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ।

बैंकका अनुसार यसको वासलातको आकार १ खर्ब ५५ अर्ब रुपैयाँभन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब १ खर्ब ७ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १ खर्ब३१ अर्ब रुपैयाँ पुगीसकेको छ।

Publish on: