कैलाश विकास बैंकको ४८औं शाखा गंजभवानीपुरमा « Eglish Khabarhub

कैलाश विकास बैंकको ४८औं शाखा गंजभवानीपुरमा




काठमाडौं । कैलाश विकास बैंकले बारा जिल्लाको गंजभवानीपुरमा ४८औँ शाखा स्थापना गरेको छ । महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानु र बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले संयुक्त रुपमा सोमबार शाखाको उद्घाटन गरेका हुन् ।

बैंकको ४८ शाखा र २२ एटीएम माफत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ छ । बैंकले चैत्र मसान्तसम्म २० अर्व ३६ करोड रुपैयाँ निक्षेप संकलनगरी १८ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

Publish on: