कामदारको हितमा श्रममन्त्री गोकर्ण बिष्टले चाल्ने भए यस्तो कदम « Eglish Khabarhub

कामदारको हितमा श्रममन्त्री गोकर्ण बिष्टले चाल्ने भए यस्तो कदम



काठमाडौं । बैदेशिक रोजगारीमा विदेश जादा मृत्यु भएपछि तिनका आफन्तले सहयोग रकम लिनको लागि निकै नै सास्ती भोग्नु पर्छ ।

एकातर्फ आफन्त गुमाएको पीडा अर्का तर्फ राहत लिन बेहोर्नुपर्ने झन्झट ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारीमा ज्यान गुमाउने कामदारले पाउने राहत रकम मिलेसम्म स्थानीय तह र नमिलेमा प्रदेशबाट दिने व्यवस्था मिलाउने जानकारी दिए ।

यस्तै बैदेशिक रोजगारीमा जादा मृत्यु भएका कामदारको शव रिसिव गर्ने छुट्टै कक्ष १० दिनभित्र विमानस्थलमा निर्माण गरिने तयारी मन्त्री बिष्टको छ ।

बिष्टले विदेशी जेलमा रहने नेपालीलाई निशुल्क कानूनी सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।
यस्तै बैदेशिक रोजगारीमा नेपाली बढी जाने देशमा श्रमिकको समस्या समाधान गर्नको लागि त्यो देशको भाषा संस्कृति बुझेको कुटनीतिक नियोग त्यही देशको नागरिकलाई नियुक्त गरेर कामदारको समस्या समाधान गर्न पहल गर्ने काम गरिने जानकारी दिए ।

३ बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका परिवारका आफन्तले पाउने राहत रकम प्रदेश स्तर वा स्थानीय तह बाट वितरण गर्नेगरी तयारी थाल्न निर्देशन दिए ।

विमानस्थलमा विदेशबाट शव रिसिव गर्ने कक्ष निर्माण १० दिन संचालन गर्ने जानकारी दिए ।
यस बाहेक मन्त्री बिष्टले फ्रि भिषा फ्रि टिकट बाहेकका बैदेशिक रोजगारीमा जाने देशहरुको सेवा शुल्क तोक्न कार्यदल गठन गरिने बताए ।

Publish on: