प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने « Eglish Khabarhub

प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने



साङ्केतिक तस्विर

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गरेका छन् ।

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ नयाँ योजना ल्याइने जानकारी दिए । रासस

Publish on: