एनआईसी एशियाको ५औं शाखारहित बैंकिङ सेवा बनेपामा « Eglish Khabarhub

एनआईसी एशियाको ५औं शाखारहित बैंकिङ सेवा बनेपामा



काठमाडौं । एनआईसी एशिया बैंक ५ औं शाखारहित बैंकिङ सेवा बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ । मंगलबार बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।

सो शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्त कुमार तामाङलाई नियुक्त गरेको छ ।

सो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाको (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले १९६ शाखा, १९८ एटीएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्दौ आइरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ५७ करोड रुपैयाँभन्दा वढी छ । बैंकको कुल कर्जा करिब १ अर्ब ९ करोड रुपैयाँ र कुल निक्षेप करिब १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

Publish on: