रत्नपार्कदेखि नयाँ बसपार्कसम्म दिगो यातायात मात्रै « Eglish Khabarhub

रत्नपार्कदेखि नयाँ बसपार्कसम्म दिगो यातायात मात्रै



काठमाडौं । राजधानीको सबैभन्दा बढी यात्रुको चाप हुने रत्नपार्कदेखि नयाँ वसपार्कसम्म दिगो सार्वजानिक यातायात प्रालिका बस मात्रै सञ्चालन हुने भएका छन् ।

यातायात व्यवस्था विभागले शुक्रबार सो रुटमा चल्ने तर सरकारी नियम नमान्ने २६ वटा माइक्रोबसको इजाजत खारेज गरेको छ ।

सोही रुटमा ठूला बस सञ्चालन गर्दै आएको र सरकार नियम मान्ने दिगो सार्वजानिक यातायातलाई भने विभागले बस सञ्चालनको अनुमति दिएको छ । त्यसैले, सो रुटमा शनिबारदेखि दिगो यातायातका सबारीसाधन मात्र सञ्चालन हुने छन् ।

दिगोले सो रुटमा १७ वटा ठूला बस सञ्चालन गर्दै आएको छ । यातायात व्यवस्था विभागले सामाखुसी यातायात व्यवस्था समितिका माइक्रो तथा बसको रुट प्रमिट खारेज गरेको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।

‘रत्नपार्कदेखि नयाँ वर्षपार्कसम्म अब दिगो सार्वजानिक यातायातका ठूला बस मात्रै सञ्चालन हुने छन्,’ प्रवक्ता अर्यालले क्लिकमाण्डूसँग भने, ‘अरु कोही पनि यो रुटमा अनुमति माग्न आएका छैनन्, अनुमति माग्न आउनेलाई आवश्यक अध्ययन गरी अनुमति दिने वा नदिने निर्णय गरिने छ ।’

Publish on: