किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ « Eglish Khabarhub

किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ




पेरिस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारात डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा किम कार्दासिन गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन् । पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्जस्ति पसेर किमलाई बाँधेर बाथरुमभित्र थुनी लुटेराहरूको समूहले एक करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सुन तथा हिराका गर गहना, जुहारात डकैती गरेर फरार भएका थिए ।

त्यस बखत उनलाई शारीरिक चोटपटक केही नलागे पनि मानसिक रूपमा निकै सन्त्रस्त र विचलित भएकी किमका प्रवक्ता महिलाले बताएकी थिइन् ।

फ्रान्सेली प्रहरीले सोमबार सो लुटेराहरूको गिरोह पक्राउ परेको जनाएको छ । यद्यपि, लुटिएका गर गहना तथा जुहारात बरामद हुन सक्यो, सकेन भन्ने तथ्य प्रहरीले खुलाएको छैन ।

आतङ्कवादीहरूले तीन/तीन पटक ठूलठूला आक्रमण गर्दा धेरै जनधनको क्षतिको चपेटामा परिसकेको फ्रान्सको राजधानी पेरिसमा किम कार्दासियानको गरगहना डकैतीकाण्डले राष्ट्रिय सुरक्षामा फेरी एक पटक गम्भीर प्रश्नचिह्न खडा गरेको थियो । रासस

Publish on: