बजाजको शोरुम नवलपरासीको बर्दघाटमा « Eglish Khabarhub

बजाजको शोरुम नवलपरासीको बर्दघाटमा




काठमाडौं । एचएच बजाजले नवलपरासीको बर्दघाट ४ मा शोरुम संचालनमा ल्याएको छ ।

कम्पनीले सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल बर्दघाटमा संचालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । एचएच बजाजले कही कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बर्दघाट ४ नवलपरासीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दघाटमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौ, भोलीको दिनमा अझ हाम्रो सेवालाई परिष्कृत गर्दै लाने प्रतिबद्ध ब्यक्त गछौं ।’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

Publish on: