काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.५५ अंकले घटेको छ । नेप्से ०.३४ प्रतिशतले घट्दा १३२८.२७ विन्दुमा पुगेको हो ।
नेप्सेमा आज १ सय ६१ कम्पनीका ६ लाख ९३ हजार ७ सय ३० कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २९ करोड ९६ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंककिङ समूह ६.१२, जलविद्युत समूह २.९१, वित्तीय समूह २.६९, विकाश बैंक समूह ५.५८, बीमा समूह २६.५७, होटल समूह ५.०४ र उत्पादन मूलक समूह १४.५८ अंकले घटेका हुन् ।
माईक्रोफाइनान्स समूह ५.५७ र अन्य समूह २.३२ अंकले बढेको हुन् ।
मिथिला लधुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाइ गरेका छन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशतले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS