२८ मंसिर २०८२, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ कर्मचारीलाई तालिम दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांग्रिला बिकास बैंकले नवनियुक्त कर्मचारीहरुलाई ११ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम प्रदान गरेको छ ।

कर्मचारीहरुलाई शाखामा पठाउनुभन्दा पहिले सामाजिकरण गराउने, बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले यहि अभिमुखीकरण तालिम राखिएको हो ।

तालिममा ६२ जना नवनियुक्त कर्मचारीहरुलाई ११ दिने कम्प्युटर तालिम लगायत क्रेडिट, कस्टुमर सर्भिस, टेलर व्यवस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन, टिम बिल्डील लगायतको बारेमा तालिम दिईएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए ।

संस्थाले कर्मचारीको बृत्तिबिकास तथा तालिमको लागि भबिष्यमा लर्निङ्ग सेन्टरको बिकास गर्ने रणनीतिसहित कार्यक्रम गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

बैंकले छिट्टै देशका बिभिन्न स्थानमा २२ ओटा नयाँ शाखाहरु सञ्चालनमा ल्याउदै छ । नयाँ शाखाहरु सञ्चालन पछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने थकालीले बताए ।