१ पुस २०८२, मंगलबार

ब्याजदरमा प्रतिस्पर्धाः मेगा बैंकले ल्यायो सर्वाधिक ब्याज दिने लोकप्रिय अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजनाहरु ल्याएको छ ।

ग्राहकहरुको चाहना बमोजिम सर्वाधिक ब्याजदर प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको हो ।

न्यूनतम १ लाख रुपैँयामै मुद्दति खाता खोल्न सकिने यो खातामा मासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राफ्ट सुविधा दिइने मेगा बैंकले जनाएको छ ।

‘मेगा राइजिङ बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । न्यूनतम १० हजार रुपैँयामै बचत खाता खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ ।

यो योजनामा ग्राहकहरुका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क बनाइएको छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।

त्यस्तै ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.२५ प्रतिशत ब्याज पाइने यो खाता एक हजार रुपैँयामै खोल्न सकिनेको साथै उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ ।

यो योजनामा चेकबुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क पाइनेछ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।