२९ मंसिर २०८२, आइतबार

ह्युण्डाईको आई२० एक्टिभ अब नेपालमा, मूल्य ३३ लाख ९६ हजार र ३७ लाख ९६ हजार


काठमाण्डौ । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि., नेपालको लागि ह्युण्डाईको आधिकारिक डिलरले भर्खरै आई २० एक्टिभ फेसलिफ्ट २०१८ लन्च गरेको छ । गत मे महिनामा भारतमा लन्च भएको यो मोडेल नेपालको बजार भरी बहुप्रतिक्षित थियो ।

नयाँ ह्युण्डाई आई २० एक्टिभ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको छ । आई २० एक्टिभको समग्र डिजाइन भने उस्तै राखिएको छ र दमदार लुकको लागि बडी क्लेडिङ र रुफ रेल्सको विशेषता दिइएको छ । प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आई २० एक्टिभले झै ध्यानाकर्षण गर्ने र रुचाउने अपेक्षा गरेको छ ।

सुरक्षाको मापदण्ड अनुरुप यसमा एबीएस एअरब्याग्सको विशेषता छ भने प्रिमियम फिचरको रुपमा स्टेरिङ अनुकुल पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सरपनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि यसमा अझ राम्रो टच् भएको इन्फोटेन्मेन्ट सिस्टम छ । यो आर १६ डाइमण्ड कट् एलो व्हीलको साथ आउँछ ।

 

आई २० एक्टिभ फेसलिफ्ट बेस र एस भेरियन्ट गरी दुई भेरियन्टमा आउँछ, जुन क्रमशः ३३ लाख ९६ हजार रुपैयाँ र ३७ लाख ९६ हजार रुपैयामा उपलब्ध छन् । सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टर कन्टिनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय र झन्झट मुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको छ ।