मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउनदेखि मजदुरको न्यूनतम तलब ३७ सय ५० रुपैयाँले बढ्ने


काठमाडौं । अब श्रमिकहरुले न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पाउने भएका छन् ।

उद्योगी र ट्रेड युनियनबीच साउन १ गतेदेखि लागू हुनेगरी मजदुरलाई मासिक १३ हजार ४ सय ५० तलब दिने सहमति भएको हो ।

यसअघि मजदुरको न्यूनतम ज्याला ९ हजार ७ सय रुपैयाँ मात्रै थियो । यसअघिको तुलनामा ३७ सय ५० रुपैयाँले बढाइएको हो ।

सोमबार बिहान उद्योगी र ट्रेड युनियनका प्रतिनिधिबीच न्यूनतम तलब वृद्धि गर्ने सहमति भएको हो ।

समहति अनुसार अब हरेक उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुरले बढेको तलब पाउने छन् ।

‘अहिले भर्खरै सकिएको बैठकले मजदुरको न्यूनतम तलब बढाउने सहमति गरेको हो,’ एक उद्योगीले क्लिकमाण्डूसँग भने ।