नेप्से, सीडीएससी र ब्रोकरको नाफामा सेबोनले चलायो कैची « Eglish Khabarhub

नेप्से, सीडीएससी र ब्रोकरको नाफामा सेबोनले चलायो कैची



काठमाडौं । धितोपत्र बोर्ड (सेवोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सीडीएससी र ब्रोकरको नाफामा कैची चलाएको छ ।

बोर्डले ती निकायको नाफा निश्चित प्रतिशत नाफा कटौती गर्ने कार्यक्रम ल्याएको छ । बोर्डले आगामी आर्थिक बर्षको लागि सार्बजनिक गरेको नीति तथा कार्यक्रमले ती निकायको नाफा केही कटौति हुने देखिएको हो ।

बोर्डले ल्याएको कार्यक्रममा नेप्से, सीडीएससी र ब्रोकरले प्राप्त गर्ने नाफामा निश्चित प्रतिशत रकम आफ्ना कर्मचारीको बृत्ति विकास तथा संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरी बजार सहभागीहरुको ब्यवसायिकता तथा स्तर अभिबृद्धि गर्नुपर्ने उल्लेख छ ।

‘सस्थागत विकास–विस्तारका लागि जनशक्ति तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दृष्टिगत गरी स्टक एक्सचेञ्ज, केन्द्रीय निक्षेप सेवा तथा धितोपत्र व्यवसायीहरुले आफ्नो वार्षिक आम्दानीको एक निश्चित प्रतिशत रकम कर्मचारीको बृत्ति विकास तथा संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था गरी बजार सहभागीहरुको व्यवसायिकता एवं स्तर अभिबृद्धि गर्ने कार्यक्रम राखिएको छ,’ बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भने ।

यस्तै बोर्डले धितोपत्र व्यवसायीहरुले कर्मचारी नियमावली र आचार संहिता बनाई लागू गर्नुपर्ने व्यवस्था गर्ने र बोर्डले सोको परिपालनाको अनुगमन समेत गर्ने पनि बताएको छ ।

Publish on: