काठमाण्डौ । ज्योति विकास बैंक लि.ले मोरङको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका बीच असार २५ गते संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर श्री शिवप्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कामना गरे ।
साथै बैंकका संचालक श्री छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको वताउँदै ज्योति विकास बैंकमा कारोवार गरी सहयोग गर्न अनुरोध गरेका थिए ।
प्रतिक्रिया