काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका छन् ।
नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित मंगलबार राति प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । यही जुलाई १५ मा स्वदेश फर्कने कार्यक्रम छ । रासस
SHARE YOUR THOUGHTS