महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता « Eglish Khabarhub

महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा मिति थप एक बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको छ ।

महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लब पन्तले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोह बीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नु बताइएको छ ।

Publish on: