८.११ अंकले बढ्यो नेप्से, १९ करोडको कारोबार « Eglish Khabarhub

८.११ अंकले बढ्यो नेप्से, १९ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक ८.११ अंकले बढेको हो । ०.६८ प्रतिशतले बढ्दा नेप्से १२००.०९ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १७० कम्पनीले कारोबार गरेका छन् । ६ लाख ६७ हजार ४ सय ३४ कित्ता सेयर किनबेच हुँदा १९ करोड ३८ लाख २६ हजार ४ सय १० रुपैंयाको कारोबार भएको हो ।

नेप्से परिसूचकमा आज वित्तीयको मात्र सूचक रातो रहेको छ । यस्तै अन्य सूचक भने हरियो देखिएका छन् । बैंक ७.८५, ट्रेडिङ ०.१७, होटल ४०.६६, विकास बैंक ७.७१, जलविद्युत १०.७८, बीमा समूह ४३.४९, उत्पादनमूलक ९.३८, अन्य १.९, माईक्रोफाईनान्स ६.५५ अंकले बढेका छन् । यस्तै, वित्तीय १.५७ अंकले घटेको छ ।

सपोर्ट माईक्रो फाईनान्स वित्तीय संस्थाको लगानीकर्ताले ७.०८ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, नेपाल हाईड्रो डेभलपर्सका लगानीकर्ताले ६.६६ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् ।

Publish on: