काठमाडौं । सवारी चालक अनुमति पत्रका लागि लामो समयदेखि प्रतिक्षा गरिरहेकालाई यही साउन मसान्त भित्रै वितरण गर्ने तयारी गरिएको छ ।
करिब ४ लाख बढीले स्मार्ट सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको भएपनि छपाईमा समस्या भएको भन्दै वितरण हुन सकेको थिएन ।
राष्ट्रिय परिचयपत्र छपाईका लागि गृह मन्त्रालयले ल्याएको प्रेसमा सवारी चालक अनुमतिपत्र समेत छाप्ने तयारी गरिएको छ ।
विहान ६ बजेदेखि साँझ ८ बजेसम्म यातायात व्यवस्था विभागमा सवारी चालक अनुमतिपत्र छापिनेछ ।
यस्तै गृह मन्त्रालयले ल्याएको छापामाखानामा समेत सवारी चालक अनुमतिपत्र छपाईको काम हुने छ ।
सवारी चालक अनुमतिको प्रतीक्षामा रहेका नागरिकलाई विशेष प्राथमिकतामा राखी आगामी साउन मसान्तभित्रै वितरण गर्ने योजना बनाइएको भौीतक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ लाख थान सवारी चालक अनुमतिपत्र प्रदान गर्ने लक्ष्य राखिएको र बिहान ६ बजेदेखि राती ८ बजेसम्म कार्ड छपाइ हुने व्यवस्था मिलाइएकाले प्रतिक्षामा रहेका सबैलाई प्रदान गरिनेछ ।
पूराना आवेदनको काम सकिएपछि भने निवेदन दिएको एकाध दिनमा नै सवारी चालक अनुमतिपत्र दिने तयारी गरिएको छ ।
सेवाग्राहीले लामो समयदेखि स्मार्ट कार्ड लिनका लागि कुर्नुपर्ने अवस्थाको अन्त्य गरिने र पहिलो चरणमा प्रतीक्षामा रहेकाहरुलाई वितरण गर्ने र क्रमशः सहज बनाइने भएको छ ।
सवारी परीक्षणसम्बन्धी कार्यलाई विस्तार गर्दै प्रदेश नं ३ को हेटाँैडा र ५ नं प्रदेशको बुटवलमा सवारी परीक्षण कार्यालय स्थापना गरिएको छ ।
भएको र विराटनगर, बर्दिबासबाट सवारी चालक अनुमतिपत्र नवीकरणको व्यवस्था मिलाइएको सरकारको भनाइ छ ।
सरकारी लापरभाहीका कारण स्मार्ट चालक अनुमतिपत्रमा ढिलाई भएपनि बजारमा पछिल्लो दिनमा नक्कली स्मार्ट कार्डको बिगबिगी भएको छ ।
नककली वा सक्कली स्मार्ट कार्ड के हो भन्ने बारेमा छानबिन गर्ने कुनै प्रणाली पनि प्रहरीसँग छैन ।
ट्राफिक प्रहरीसँग उक्त चालक अनुमतिपत्र चेकजाँच गर्ने कुनै पनि उपकरण नभएका कारण समस्या परेको छ । सो सम्बन्धमा के गर्ने भन्ने बारेमा भने केही बताइएको छ ।
SHARE YOUR THOUGHTS