मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोटी भन्सारबाट आठ करोड राजश्व संकलन, अघिल्लो वर्ष भन्दा ३ करोड बढी


नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४\७५ मा आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ ।

छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा एक करोड १८ लाख ६३ हजार र असारमा ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ ।

आव २०७३\७४ मा पाँच करोड राजश्व संकलन भएको थियो । आव २०७३÷७४ को तुलनामा आव २०७४\७५ मा तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो । सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो । रासस