काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना थप दुई शाखा कार्यालयहरु चितवनको रत्ननगर टाँडी र नवलपरासीको कावासोतीमा साउन ९ गते उद्घाटन गरेको छ ।
कम्पनीको टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।
त्यसैगरी कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेको बताइएको छ ।
शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी, व्यवसायीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराएका थिए ।
कम्पनीले ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने बिज्ञप्ति मार्फत जनाएको छ ।