यस्तो देखियो सांग्रिला,ज्योति,लुम्बिनी र कैलाश विकास बैंकको नाफा « Eglish Khabarhub

यस्तो देखियो सांग्रिला,ज्योति,लुम्बिनी र कैलाश विकास बैंकको नाफा



काठमाडौं । कैलाश बैंकले गत आर्थिक वर्षमा ५५ करोड ३२ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा बैंकको खुद नाफा ५० करोड २५ लाख रहेको थियो ।

कैलाश बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय अनुसार व्याज आम्दानीबाट बैंकले गत आर्थिक वर्षमा ९६ करोड आर्जन गरेको छ । यसरी नै बैंकको आय २ अर्ब ६९ करोड हुदा व्यय १ अर्ब ७२ करोड भयो । बैंकको कस्ट अफ फन्ड ८.९५ प्रतिशत रहेको थियो ।

यसरी नै लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ४० करोड १७ लाख रुपैंया आर्जन गरेको छ । आर्थिक वर्ष ०७३।०७४ मा बैंकको खुद नाफा १७ करोड ५० लाख रुपैंया रहेको थियो ।
लुम्बिनी विकास बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले व्याज आम्दानीबाट ७७ करोड आर्जन गरेको छ । बैंकको आय २ अर्ब ४९ करोड रहेको थियो भने व्यय १ अर्ब ७१ करोड रहेको थियो ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३२ करोड ७६ लाख खुद घाटा व्यहोरेको छ । आर्थिक वर्ष ०७३।०७४ मा बैंकको ३४ करोड ७७ लाख खुद नाफा रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको व्याज आम्दानी ७८ करोड रहेको थियो । आय तर्फ १ अर्ब ९७ करोड हुदा व्यय तर्फको रकम १ अर्ब १८ करोड रहेको थियो । यसरी नै बैंकको कस्ट अफ फन्ड भने ९.०७ प्रतिशत रहेकोृ थियो ।

ज्योति विकास बैंकले ३० करोड ५१ लाख रुपैंया आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष ०७३।०७४ मा २२ करोड ८४ लाख रुपैंया मात्र आर्जन गरेको थियो ।

ज्योति विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत अर्थिक बर्षमा बैंकको व्याजबाट कमाइ ७६ करोड ५६ लाख रहेको छ । यसरी नै आय १ अर्ब ९२ करोड हुदा व्यय १ अर्ब १६ करोड भएको हो । बैंकको कस्ट अफ फन्ड ९.३१ प्रतिशत रहेको छ ।

Publish on: