काठमाडौं । अरुले निकालेको थप सार्वजनिक निष्कासन(एफपिओ) बिक्री गर्न नसकेको बेला सिटिजन्स बैंकको एफपिओ भने निष्कासन भएको पहिलो दिनमा नै मागभन्दा बढी आवेदन परेको छ ।
सिटिजन्स बैंकले अंकित मुल्य १०० रुपैयाँमा एक सय रुपैयाँ थप गरेर प्रतिकित्ता २ सय रुपैयाँमा एफपिओ निष्कासन गरेको थियो ।
४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्कासन गरेकोमा पहिलो दिनमै ७ लाख २० हजार कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
४ लाख ६३ हजार कित्ता एफपिओ मात्र बिक्री गर्न खोजेको हुँदा सिटिजन्सको एफपिओ बिक्रीमा समस्या थिएन । धेरैको अनुसार पहिलो दिनमा नै मागभन्दा बढीको आवेदन पर्ने थियो । सिटिजन्सको एफपिओ साउन १७ गतेसम्म बिक्री खुल्ला हुने छ ।
दोस्रो बजारमा सिटिजन्सको सेयर मुल्य २२८ रुपैयाँमा कारोबार भएको छ ।
SHARE YOUR THOUGHTS