काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
१ कित्ता बराबर सय अंकित दरका १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता सेयरको हकप्रद निष्कासन गरेको हो ।
सेयर निष्कासनका लागि संस्थाले गत असार २८ गते सेयर दाखिल बन्द गरेको थियो । यसरी बन्द गरिएको मिति भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम सेयर धनीलाई १ बराबर १ को अनुपातमा बिक्री खुल्ला गरेको छ ।
सेयर बिक्री साउन १३ खुल्लाबाट खुला भएको हो भने भदौ १७ गते बैंकिङ समय पश्चात बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।
SHARE YOUR THOUGHTS