काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुको लागि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार निःशुल्क लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कार्यक्रम जावलाखेल ललितपुरमा रहेको बोर्डको कार्यालय कै हलमा सञ्चालन हुनेछ । पहिलो कार्यक्रम साउन २५ गते शुक्रबार सञ्चालन हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
इच्छुक लगानीकर्ताले बोर्डमा नाम टिपाउनु पर्ने र उपलब्ध स्थानको आधारमा पहिलो ५० जना लगानीकर्तालाई मात्र सहभागी गराई अन्यलाई आगामी कार्यक्रममा राख्ने जनाइएको छ ।
धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी हुने पहिलो पाक्षिक प्रशिक्षण कार्यक्रममा बोर्डको आर्थिक वर्ष ०७५\०७६ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमका बारेमा जानकारी गराइने बताइएको छ ।
काठमाडौं उपत्यकामा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अधिवृद्धि गर्न पाक्षिक रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बोर्डको उद्देश्य रहेको छ ।
SHARE YOUR THOUGHTS