काठमाडौं । कामना सेवा विकास बैंकले नगद लाभांस वितरण गर्ने भएको छ । बैंकले सेयर धनीहरुलाई हाल कायम चुक्ता पूँजीको २ अर्ब ३७ करोड २१ लाख ८५ हजार ३ सय २६.२९ रुपैंयाको ६.५० प्रतिशतका दरले नगत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सो निर्णय गत असार ३२ गते बसेको बैंकको ११ औं वार्षिक साधारण सभाले पारित गरेको हो ।
बैंकले आज साउन १७ गते बिहीबारबाट सो लाभांस रकम आईपिएस मार्फत सम्बन्धित सेयर धनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गर्ने जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांस बापतको रकम सेयर धनीको बैंक खातामा रकमान्तर गर्ने बैंकले जनाएको छ ।
सो प्रयोजनको लागि सेयरधनीले सेयर अभौतिक कारण गरी आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयर धनीको बैंक खातामा आजैबाट नगद लाभांस जम्मा गर्न सुरु गरिने बताइएको छ । हालसम्म पनि अभौतिककरण नगराएका लगानीकर्ताले तत्काल सो कार्य गर्न बैंकले सूचित गरेको छ ।
SHARE YOUR THOUGHTS