‘गरिमा रेमिट’ र ‘सूर्योदय रेमिट’ सेवा सञ्चालन गर्ने सम्झौता

‘गरिमा रेमिट’ र ‘सूर्योदय रेमिट’ सेवा सञ्चालन गर्ने सम्झौता


काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ र ‘सूर्योदयरेमिट’ सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सनराईज बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धकसर्वेन्द्र मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सनराईज बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ९१ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५९ वटा शाखा कार्यालयबाट ‘सूर्योदय रेमिट’मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने बिज्ञप्ति मार्फत जनाइएको छ ।