काठमाडौं । शनिबार सिंहदरबार क्षेत्रमा ४ घन्टा विद्युत लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बिहान ८ बजेबाट दिउँसो १२ बजेसम्म विद्युत काट्न लागेको हो ।
सिंहदरबार परिसरका रुखका हाँगाबिँगा काट्ने र मन्त्रालयमा जडान भएका ट्रान्सफर्मर वरपर घाँसपात तथा लहरा हटाउनका लागि विद्युत कटौती गर्नु परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
SHARE YOUR THOUGHTS