
काठमाण्डौ । भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलमा बैंक र नयाँ लगानीकर्ता बीचभएको सम्झौता अनुसार बैंकको बहुसंख्यक शेयर नयाँ लगानीकर्ता समूहको हुने भएको छ ।
भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल बिगत तीनवर्ष देखि सञ्चालन नाफामा रहेकोमा अगामीवर्षदेखि राम्रो व्यवसाय गरी खुद नाफामा जान सक्ने प्रक्षेपण गरिएको छ ।
निजी क्षेत्रबाट थप भएका शेयरधनीकातर्फबाट समेत गरी नयाँ संचालक समिति गठन गरिएको छ । नयाँ लगानीकर्ताबाट प्रतिनिधित्व गरी तुलसीप्रसाद उप्रेती अध्यक्षमा चयन भएका छन् । क्यापिटलका अरु संचालकमा आदर्शराज पाण्डे चयनह भएका छन् । लुम्बिनी बिकास बैंक तर्फबाट दीपक खड्का र हरिकृष्ण सुबेदी कायमै रहेका छन् ।
अध्यक्ष उप्रेती नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पूरा गरि कार्यकारी निर्देशक पदबाट अवकाश ग्रहण गरेका थिए । यसका साथै उनले राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बिमा संस्था, नेपाल बंगलादेश बैंकमा संचालक र पश्चिमाञ्चल ग्रमिण विकास बैंकमा अध्यक्ष पदमा समेत कार्य गरिसकेका छन् ।
साथै, प्रमुख कार्यकारी अधिकृतमा सौरभ तिमिल्सिना नियुक्त भएका छन् ।

About Us
प्रतिक्रिया