विराटनगरमा खुल्यो महालक्ष्मी विकास बैंकको शाखा « Eglish Khabarhub

विराटनगरमा खुल्यो महालक्ष्मी विकास बैंकको शाखा



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले बिराटनगर महानगरपालिका वडा नं २ मा बिराटनगर शाखा शुभारम्भ गरेको छ ।

शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंक सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थिति रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

साथै उनले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Publish on: