काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट सेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ ।
बैंकले नाफा तथा सेयर प्रिमियमबाट कर सहित ८.३६ प्रतिशतसम्म नाफा बाँडफाँड हुनसक्ने जनाएको छ ।
०७५ असार मसान्तसम्मको चुक्तापूँजी ५० करोड ८५ लाख १० हजार रुपैयाँको ३ प्रतिशतका दरले १ करोड ५२ लाख ५५ हजार ३ सय बराबरको बोनस सेयर लाभांश वितरण गर्न लागिएको हो ।
साथै, बोनस सेयर र नगद लाभांसको कर प्रयोजनको लागि चुक्ता पूँजीको ५ .३६ प्रतिशतले २ करोड ५६ लाख १० हजार ५ सय ८३ नगद लाभांश वितरणका गर्ने जनाएको छ ।
राष्ट्र बैंक तथा संस्थाको आगामी साधारण सभामा सो प्रस्ताव पेश गरिनेसञ्चालक समितिको बैठकले निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले जानकारी दिए ।
SHARE YOUR THOUGHTS