नेप्सेमा यो साता कारोबार रकम २७.१६ प्रतिशतले घट्यो « Eglish Khabarhub

नेप्सेमा यो साता कारोबार रकम २७.१६ प्रतिशतले घट्यो



काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८६ कम्पनीले कारोबार गरेका छन् ।

१ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो साताको तुलनामा २७ दशमलव १७ प्रतिशतले कम हो ।

अघिल्लो साता १९३ कम्पनीको १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।

यो साता पहिलो दिनको तुलनामा २५.८६ अंकले बढ्न पुग्यो । पहिलो र दोश्रो दिन नेप्से परिसूचक ओरालो लागेपनि बाँकी तीन दिन उकालो लागेको थियो ।

यस साता कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । साथै, कारोबार भएको सेयर सङ्ख्या र कारोबारको आधारमा पनि एनआइसी एसिया बैंक नै अग्रस्थानमा रह्यो ।

Publish on: