काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले जनकपुरमा शाखा कार्यालय शुभारम्भ गरेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले शाखा कार्यालय जनकपुरको उद्घाटन गरेका हुन् ।
यस शाखाको संचालनपछि बैंकको शाखा कार्यालय संख्या ६४ पुगेको छ । यो क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।
SHARE YOUR THOUGHTS