![](https://internal.appharu.com/wp-content/uploads/2018/09/bato-show-feature-image-810.jpg)
काठमाडौं । राजधानीकाे भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो-२०१८’ मेला चलीरहेको छ । मेलामा राखिएको स्टलहरू झिलीमिली बत्ति, युवतीहरू र सजावटले मन लाेभिने गरी अाकर्षक बनाइएकाे छ ।
अटाे मेलामा अाउने मानिसहरूका गाडिहरू भित्र पार्किङ नपुगेर बाटाेमा लस्करै पार्किङ गर्दा पनि ठाँउ अभाव भएकाे छ । जसले गर्दा भित्र कार्यरत सुरक्षा गार्डका साथै बाहिर खटिएका ट्राफिक प्रहरीलाइ ट्राफिक व्यवस्थापन गर्न अत्ति नै गाह्राे भएकाे छ । अटाे मेलाका कारण वरपरका क्षेत्रमा समेट ट्राफिक जाम भएकाे ट्राफिक प्रहरीहरूले बताए ।
मेला हेर्न जान चाहाने जनताले रू २०० काे टिकट काटेर जानुपर्ने हुन्छ भने विद्यार्थीले रू १५० मा उक्त मेला अवलाेकन गर्न पाउछँन । मेलाले अटाे संसारमा चासाे राख्नेहरूका लागि राैनकता थपेता पनि बाहिरी माहाेल भने फरक छ ।
दुइ सय रूपैँया तिरेर भित्र जान नसक्ने एवं अटाे संसारमा चासाे नहुनेहरूले पनि बाहिर बाटाे हिड्दा बाटाे भरि लस्करै राखिएका विभिन्न ब्राण्डका गाडीहरू हेर्न पाउँछन ।
SHARE YOUR THOUGHTS