मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मी विकास बैंकले तीजको अवसरमा गर्यो विभिन्न कार्यक्रम


काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आएको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले भदौ २७ गते हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी वितरण गरेको छ । पशुपतिनाथ मन्दिर परिशरमा बैंकले बिहान ६ बजे देखि साँझ ७ बजे सम्म दर्शनार्थीहरुलाई पानी वितरण गरेको थियो ।

बैंकको कालीमाटी शाखाले भने मिति भदौ २९ गते ऋषि पञ्चमीको अवसरमा टेकु, काठमाडौँमा अवस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउनु हुने श्रद्घालु भक्तजनहरुका लागि निःशुल्क स्वास्थ्य शिविर लगायत शुद्घ पिउने पानी तथा जुस वितरण कार्यक्रम आयोजना गरेको थियो । ब्लु क्रस अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब ५०० जना प्रत्यक्ष लाभान्वित भएका थिए ।

बैंकले बिज्ञप्ति प्रकाशित गरी आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।