काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चुक्तापूँजीको ४५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७४\७५ को नाफबाट सेयर धनी लगानीकर्तालाई बोनश सेयर तथा नगद लाभांश दिने भएको हो ।
संस्थाको चुक्तापूँजी ७ करोड ५६ लाख रुपैयाँ रहेको छ । सो चुक्तापूँजीको ४५ प्रतिशत ३ करोड ४० लाख २० हजार रुपैंया लाभांश वितरण गर्ने जनाएको छ ।
यसरी नै सोही मध्येको ४२.७५ प्रतिशत ३ करोड २३ लाख १९ हजार बराबरको बोनश सेयर र २.२५ प्रतिशतले १७ लाख १ हजार नगद लाभांश बितरण गर्ने घोषणा भएको छ ।
नेपाल राष्ट्र बैकको स्विकृती पश्चात साधारण सभाबाट पारित भएपछि लाभांस बितरण गरिने कम्पनी सचिव प्रसाद पौडेलले जानकारी दिए ।