मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक्सेल डेभलपमेन्ट बैंकले १७ प्रतिशत नगद लाभांस बाँड्ने


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ०७४\०७५ को नाफाबाट लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले चुक्ता सेयर पूँजीको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

हाल कम्पनीको चुक्ता सेयर पूँजी ६९ करोड २६ लाख ७३ हजार ९ सय ७५ रुपैयाँ रहेको छ । सोही चुक्ता सेयर पूँजीको १७ प्रतिशत ११ करोड ७७ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

साथै, राष्ट्र बैंकको स्वीकृती पश्चात साधारण सभाबाट पारित भएपछि नगद लाभांश वितरण गरिने कम्पनी सचिव श्यामबहादुर बोहराले जानकारी दिए ।