सिटी एक्सप्रेसको हकप्रद सेयर भर्ने म्याद ३ दिन बाँकी « Eglish Khabarhub

सिटी एक्सप्रेसको हकप्रद सेयर भर्ने म्याद ३ दिन बाँकी



काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको हकप्रद सेयरका लागि दरखास्त बुझाउने म्याद जम्मा ३ दिन मात्र बाँकी रहेको छ ।

फाइनान्सले साउन २१ गते सेयर धनी दर्ता किताब बन्द गरेर सो भन्दा अघिल्लो दिनसम्म कायम सेयर धनीले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय अंकित दरमा १ बराबर १ दशमलव ६७ को अनुपातमा २५ लाख कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । सो हकप्रद सेयरको आवेदन असोज ४ गते बैकिङ् समयसम्म बुझाउन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेले जनाएको छ ।

Publish on: