काठमाठौं । जापान क्लब इन्टरनेशनले १३ अर्ब ९० करोड लगानीमा काठमाडौं, भक्तपुर र पोरखामा पाँच तारे होटल स्थापना गर्ने भएको छ ।
३ स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत भएको छ । लगानी बोर्डले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
पाँच तारे होटल स्थापना गर्ने विषयमा लामो समयदेखि प्रस्ताव आएको थियो, हामीले उनीहरुको प्रस्ताव स्वीकार गरी लगानी गर्न दिने भएका छौ, लगानी बोडृका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने ।
होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ ।
जापानको प्रतिष्ठित होटल समूहका रूपमा रहेको जापान क्लब इन्टरनेशनलले नेपालमा लामो समयदेखि होटल स्थापना गर्ने प्रस्ताव गरेको थियो ।
सोही प्रस्तावअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
SHARE YOUR THOUGHTS