आशा लघुवित्तले एकैदिन बिस्तार गर्यो ५ स्थानमा शाखा « Eglish Khabarhub

आशा लघुवित्तले एकैदिन बिस्तार गर्यो ५ स्थानमा शाखा



काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले असोज ११ गते एकैदिन थप पाँच वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा शाखा स्थापना गरिएको हो ।

थप गरिएका शाखा कार्यालयहरु सहित वित्तीय संस्थाको शाखा संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातैवटा प्रदेशहमा शाखाहरु विस्तार गरेको छ ।

विपन्नवर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई संस्था स्थापित गरिएका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले ३४हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवाउपलब्ध गराउँदै आएको छ ।

संस्थाको १ अर्ब ३६ करोड कर्जा लगानीमा रहेका तथा सदस्यहरुबाट २८ करोड निक्षेप संकलन गरेको छ । संस्थाले आर्थिक वर्ष २०७४\०७५ मा १ करोड १० लाख खुद नाफा आर्जन गरेको जनाएको छ ।

Publish on: