काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले काम जनताले अपेक्षा गरे अनुसारको काम नगरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता नेपालले कञ्चनपुर, रौतहटलगातका स्थानमा अमानवीय घटना घटेको भएपनि अपराधी पत्ता लगाउन गृह प्रशासन चुकेको बताए ।
सरकारको काम हेर्नको लागि ननता ब्याकुल रहेको भन्दै नेपालले परिणाम नदेखिएका कारण सांसदहरूको शिर ठाडो हुन नसकेको बताए ।
‘भ्रष्टाचार व्याप्त छ, रोक्नेरनियन्त्रण गर्ने कुनै अंग छ कि छैन ?’ प्रश्न गर्दै नेता नेपालले भने,‘ कोही अहिलेसम्म गिरफ्तार भएको छ कि छैन, मुद्दा चलिरहेको छ कि छैन ? मान्छे काम हेर्न चाहन्छन्, परिणाम दिएपछि हाम्रो पनि शिर ठाडो हुने थियो ।’
उनले सरकारले सही ढंगले काम गरे जुन जोगी आएपनि कानै चिरेकोु भन्ने भनाइ सुन्नु नपर्ने थियो भन्दै स्थितिलाई परिवर्तन गर्न उनले सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराए ।
देशमा भ्रष्टाचार व्यक्त रहेको र धेरै भ्रष्टहरू नै माथिल्लो पदमा पुग्ने गरेको भन्दै नेता नेपालले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।
‘विभिन्न फैसलामा भ्रष्टलाई जिताउनेहरू नै माथिमाथि उक्लने जुन सिलसिला छ, यो कहिले बन्द हुन्छ ?’ नेता नेपालले प्रश्न गरे, ‘हिजो भ्रष्टाचार गरेर शाखा अधिकृत उपसचिव हुँदै सचिव हुने जुन सिलसिला छ यो कहिले बन्द हुने ?’
दुनियाँले औला ठड्याइरहेको र भ्रष्टचारी भनेको व्यक्ति पुरस्कृत हुँदा आफ्नो शिर निहुरिएको भन्दै नेता नेपालले यसलाई रोक्नुपर्ने बताए ।
SHARE YOUR THOUGHTS