दोहोरो अंकले घट्यो नेप्से, ५७ करोडको कारोबार « Eglish Khabarhub

दोहोरो अंकले घट्यो नेप्से, ५७ करोडको कारोबार




काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १०.५६ अंकले घटेको हो । ०.८३ प्रतिशत कारोबार हुँदा नेप्से परिसूचक १२६७.१८ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १६९ कम्पनीले कारोबार गरेका छन् । २१ लाख ९६ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा ५७ करोड ३८ लाख २० हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा २ सूचक मात्र हरियो देखिए । होटल १३.०५ र उत्पादन मूलक समूह २६.४७ अंकले बढेका छन् । यस्तै, बैंक १२.५७, विकास बैंक ३.८५, जलविद्युत २१.६४, वित्तीय ०.९६, निर्जीवन बीमा ६७.०२, अन्य २.५७, माईक्रोफाइनान्स ९.४६ र जीवन बीमा २९.०७ अंकले घटेका छन् ।

नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडका लागानीकर्ताले ९.८८ प्रतिशतले कमाई गरेका छन् भने हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले ५.९० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

यो सातापनि सेयर बजार अस्थिर भएको छ । साताको पहिलो दिन आइतबार २.६१ अंकले नेप्से बढेको थियो । त्यसैगरी दोश्रो दिन बिदा परेकोले कारोबार भएन भने तेश्रो दिन मंगलबार कारोबार शुरु भएको डेढ घण्टा मै १६ अंकले बढेको बजार कारोबार बन्द हुँदा २१.९७ अंकले बढ्न पुग्यो ।

सो दिन १ अर्ब ७ करोड ४२ लाख ३८ हजार ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै चौथो दिन बुधबार २.३१ अंकले बजार घटेको थियो ।

Publish on: