‘बैंकलाई ब्रोकर लाइसेन्स देउ’ भन्दै इन्भेष्टर्स फोरमले ३० बुँदे मागपत्र बुझायो « Eglish Khabarhub

‘बैंकलाई ब्रोकर लाइसेन्स देउ’ भन्दै इन्भेष्टर्स फोरमले ३० बुँदे मागपत्र बुझायो



काठमाडौं । सेयर लगानीकर्ताहरुको संगठन इन्भेष्टर्स फोरमले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने तथा एनआरएनको लागनी भित्र्याउनुपर्ने लगायतका ३० बुँदे माग राख्दै धितोपत्र बोर्डमा मागपत्र बुझाएको छ ।

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको लगानीकर्ताहरुको टोलिले बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीलाई मागपत्र बुझाएको हो ।

‘बैंकलाई ब्रोकर लाईसेन्स, एनआरएनलाई नेपालको सेयर बजारमा भित्र्याउनु पर्ने लगायतका माग लिएर हामी धितोपत्र बोर्ड पुगेका हौं,’ फोरमका उपाध्यक्ष छोटेलाला रौनियारले क्लिकमाण्डूसँग भने ।

फोरमले विगत १२ बर्षदेखी पूँजी बजारसँग सम्बन्धीत नीति, नियम विकासका लागि बोर्डसँग सहकार्य गर्दै आएको उनले बताए ।

बैंकलाई ब्रोकर लाईसेन्स दिने सन्दर्भका कानुनी प्रक्रिया यथासक्य छिटोे सम्पन्न गर्नुपर्ने, नियाकमको मापदण्ड पूरा गर्न सक्ने क्षमता भएका प्राकृतिक व्यक्ति वा संस्थालाई ७७ जिल्लामा कारोबाकारको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, दोस्रो बजारको अस्वभाविका उत्तरचढाव न्यूनिरण गर्ने बातावरण निमार्ण गर्न बोर्डले भूमिका खेल्नुपर्ने पनि उल्लेख गरिएको छ ।
यस्तै, मार्जिन ल्याण्डिङ चाँडै नै सुरु गर्नुपर्ने, ब्रोकर कमिशन घटाउन पहल गर्नुपर्ने, कमजोर क्रेडीट रेटिङ भएका कम्पनीलाई (आइपिओ) साधारण सेयर जारी गर्न स्वीकृति नदिने पनि मागपत्र उल्लेख छन् ।

त्यसैगरी, साधारणसभा सम्पन्न भएको ६ दिनभित्र बोनश सेयर तथा लाभांश वितरण गर्नुपर्ने व्यवस्था हुनुपर्ने, नयाँ स्टक एक्सचेञ्ज सम्बन्धी कार्य यथाशीघ्र सम्पादन गर्नु पर्ने लगायतका माग छन् ।

फोरमले बोर्डमा बुझाएको मागपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्

Publish on: