निर्धन उत्थानले गर्यो ४२ प्रतिशत लाभांस घोषणा « Eglish Khabarhub

निर्धन उत्थानले गर्यो ४२ प्रतिशत लाभांस घोषणा



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले आर्थिक बर्ष ०७४/०७५ को नाफाबाट लगानीकर्तालाई नगद लाभांश तथा बोनश सेयर वितरण गर्ने प्रस्ताब गरेको छ । संस्थाले २२.११ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ ।

संस्थाको चुक्तापूँजी १ अर्ब रुपैयाँ छ । नगद लाभांशको सन्दर्भमा भने संस्थाको संचालक समितिको असोज ११ गते बसेको २ सय ३८औं बैंठकले सो निर्णय गरेको कम्पनी सचिव रामबहादुर चौधरीले जानकारी दिए ।

Publish on: