एक महिनामै ३९ रुपैयाँले बढ्यो जनता बैंकको सेयरमूल्य « Eglish Khabarhub

एक महिनामै ३९ रुपैयाँले बढ्यो जनता बैंकको सेयरमूल्य




काठमाडौं । एक महिनाको अवधिमा जनता बैंक नेपालको सेयर मूल्य बढने क्रममा रहेको छ । सो बैकको सेयर मूल्य अन्य बैंकको भन्दा केही सस्तो रहेका कारण यसरी बढ्न थालेको हो ।

बजार नै बढ्दो अवस्थामा रहेकाले पनि त्यसको असर अधिकांश कम्पनीमा परेको आम लगानीकर्ताको बुझाई रहेको छ ।

भदौं १० गते आईतबार दोस्रो बजारमा प्रतिकित्ता १ सय ५३ रुपैयाँ रहेको जनता बैंकको सेयर अहिले १ सय ९२ रुपैँया पुगेको छ । जनताको सेयर मूल्य ३९ रुपैयाँले बढ्न पुगेको हो । यसरी नै भदौं ३१ गते सो बैंकको सेयर मूल्य १ सय ८८ रुपैयाँ थियो ।

जनता बैंक नेपालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८ करोड ७ हजार ८ सय ५८ कित्ता सेयर सुचिकृत रहेको छ । बैंकको बजारपूँजीकरण १५ अर्ब ३६ करोड १५ लाख ८ हजार ७ सय ३६ रुपैयाँ रहेको छ ।

सोही कप्पनीको सेयर मूल्य बढने क्रममा रहदा कालिका सेक्यूरिटिजमा भेटीएका एक लगानीकर्ता डुपेन्द्र भट्राईले सेयर मूल्य कम रहेको बैंकमा अहिले लगानीकर्ताको आकर्षण रहेको बताएका छन् ।

‘सेयर मूल्य कम भएको बैंकमा अहिले लगानीकर्ताको आकर्षण बढीरहेको छ, सोही कारण नै लगानीकर्ता जनता बैंकको सेयरप्रति आकर्षित भएका हुन्,’ उनले भने ।

लगानिकर्ताले आफ्नो सहजता हेर्ने भएकाले अहिले कम पैसामा धेरै कित्ता सेयर किन्न जनता बैंक नेपालको सहज हुने उनको बुझाई रहेको भट्टराईको भनाइ छ । आईपिओ भाउँ जसरी बैंकको सेयर दोस्रो बजारमा रहेकाले यसमा लगानीकर्ता आकर्षित हुन थालेको उनले बताए ।

बैंकले बोनश खुवाउने बेला नजिकिनु पनि अर्को कारण हुने उनले जानकारी दिए ।

अनामनगरको आर्यतारा सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता अमृत बन्जाडेले पिइ रेसियो १५ भन्दा कम भएका बैंकको सेयर मूल्य अहिले बढ्ने क्रममा रहेको छ ।

‘जनता बैंक नेपालको सेयर मूल्य अहिले बढ्नुमा यसको पिइ रेसियोले गर्दा हो, विश्वव्यापी सिद्धान्तले पिइ रेसियो १५ भन्दा कम रहेका कम्पनीमा खतराको मात्रा न्यून हुने बुझाँउछ, अहिले जनतामा पनि त्यही नै भएको हो,’ बन्जाडेले भने ।

उनले असोज महिनामा नै कम्पनीले चौंथो मसान्तको नतिजा सार्वजनिक गरेपछि सेयर भाउँमा त्यसले एक पटक धक्का मार्ने बताएका छन् । भाउँ बढ्ने वा घट्ने भन्ने कुरा कम्पनीको क्वाटरको नतिजमा नै भर पर्ने उनको तर्क रहेको छ ।

यस्तै, कालिकास्थानमा रहेको सगरमाथा सेक्यूरिटिजमा भेटिएका एक लगानीकर्ताले कमर्ससियल बैंकमा खरिद चाँप बढेको बताए । उनले खदिद चाँप भने मूल्य सस्तो भएका बैंकमा बढी मात्रामा परेको जानकारी दिए ।

नजिकिदै गरेको चाडपर्वले पनि सेयर मूल्यमा असर पार्न थालेको उनको बुझाई रहेको छ । साथै, पैसाको आवश्यकता पर्दा लगानीकर्ताले महङ्गा कम्पनीको सेयर बेच्दा केही सस्तोमा प्रवेश गर्ने उनले बताए । जनतामा पनि दोस्रो बजारमा कायम सेयर मूल्यलाई आधार बनाउँन सकिने उनको बुझाई रहेको छ ।

Publish on: