दोहोरो अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार « Eglish Khabarhub

दोहोरो अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १०.४७ अंकले घटेको हो । ०.८३ प्रतिशतले घट्दा नेप्से परिसूचक १२५६.७१ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६६ कम्पनीले कारोबार गरे । २० लाख ८२ हजार ९ सय २० कित्ता सेयर किनबेच हुँदा ५८ करोड २२ लाख ५० हजार ८ सय २८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको १ सूचक मात्र हरियो देखिएको छ । ट्रेडिङ समूह १.८६ अंकले बढेको छ ।
त्यस्तै बैंक ९.१८, होटल ३५.२२, विकास बैंक २२.३६, जलविद्युत १.१३, वित्तीय ३.४६ , निर्जीवन बीमा ५८.२८, उत्पादनमूलक समूह ३५.२६, अन्य ५.०६, माइक्रोफाइनान्स १५.७, जीबन बीमा १९.०१ अंकले घटेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ३.८५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, महालक्ष्मी विकास बैंकका लगानीकताले ६.२५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Publish on: